नचाहदा नचाहदै . बिहान बेलुका को दाल-भात र दिउसोको मोमो-चाउमीनको बन्दोबस्त गरिदिने अफिश जान थापाथलीको बाटो हिड्नु पर्छ म सधै....थापाथली को जाम मा रोकिने कुरो पनि कुनै नौलो कुरा भएन...सधै को दिनचर्या नै भयो त्यो त..येस्सो रोकिदा खेरि नजिक कुनै सुन्दर युवती लै हेर्ने मेसो मिलेन भने बादरहरु को चर्तिकला हेरेर चित्त बुझाउने काम गर्छु म...कैले कहिँ चै दङ्ग परिन्थ्यो भन्या ..काठमाडौँको यो भिडभाड म़ा येत्रो धेरै बादर कसरि बस्न सकेका होलान भनेर...तर आज बल्लकुरो प्रष्ट बुझीयो.....
खाश कुरो के रहेछ भन्दानि .....त्यो बादर हरु सबै जंगल निकाला भयेर आएका रहेछन...बादर को इज्जयत एउटा रुख बाट अर्को रुख म़ा हाम्फाल्ने कलाम़ा भर पर्थ्यो रे पहिले जंगलम़ा र तेसै को आधारम़ा पुरस्कार दिने कि सजाय दिने भनेर बादरको मुखिया ले फैसला गर्थे ले पहिले पहिले...कुरो के रहेछ भन्दा खेरि एकदिन केहि छाडा बादर हरु ले धेरै नै पियेछन अनि यौटा रुख बाट अर्को रुख म़ा हाम्फाल्ने बेला म़ा लडेछन् ..हो...त्यै बेला ति बादरहरुलाई मुखिया ले जंगल निकाला गरेर गरेछन र एक हप्ता सहर म़ा बसेर आउनु भनेर सजाय सुनाए छन् ..हो त्यै भएर तिनीहरु थापाथली आएर बस्न थालेका रहेछन र लाज ले गर्दा फर्किन नसकेका रहेछन।
No comments:
Post a Comment